काठमाडौं । प्रतिनिधि सभा बैठकले 'बैकिङ कसुर तथा सजाय (दोस्राे संशोधन) विधेयक २०८०' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकले अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गर्नुभएकाे विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बैकिङ कसुर तथा सजाय (दोस्राे संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
प्रतिनिधि सभाकाे अर्काे बैठक फागुन १३ गते बस्नेछ ।
