काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले 'राजनीतिक दलसम्बन्धी दाेस्राे संशाेधन विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विराेधकाे सूचनालाई निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।
बैठक उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'राजनीतिक दलसम्बन्धी दाेस्राे संशाेधन विधेयक, २०८०' लाई पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
