काठमाडौं । नेकपा एमाले संसदमा कुरा उठेका सरकारका तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग गरेको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उहाँहरूले राजीनामा दिनु पर्ने वा बर्खास्त गर्नुपर्ने माग गर्नुभयो । यस विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा जवाफ दिनुपर्ने माग पनि उहाँले राख्नु भयो ।
बालकुमारी घटनामा सरकारी प्रतिवेदनले दोषी ठहर्याएका भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामेक्स प्रकरणमा अख्तियारको छानबिनमा परी बयान दिइरहनुभएका स्वास्थ्य मन्त्री मोहन बस्नेत, र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किराँतीलाई सरकारको मन्त्री भएर बस्ने नैतिक हैसियत नभएको उहाँले बताउनुभयो । ‘ विवादित मन्त्रीका बारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनु होस्, बदनाम बनेका र छानबिनमा रहेका मन्त्रीलाई चाँडो बर्खास्त गरियोस्’,गिरीले भन्नुभयो ।
