काठमाडौं । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रतिनिधि सभामा पेस गरेको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साे विधेयक पेस गर्नुभएकाे हाे ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको ल्याउनुपरेको उहाँले बताउनुभयाे ।
त्यसअघि राजनीतिक दलसम्बन्धी दाेस्राे संशाेधन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बैठकले अस्वीकृत गरेकाे थियाे । नेमकिपाका सांसद् प्रेम सुवालबाट राजनीतिक दलसम्बन्धी दाेस्राे संशाेधन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विराेधकाे सूचनालाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले बहुमतले अस्वीकृत भएकाे घाेषणा गर्नुभएकाे थियाे ।
