काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभयाे ।
एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बालकुमारी हत्याकाण्डमा भाैतिक मन्त्री प्रकाश ज्वाला, टेरामस्क भ्रष्टाचार काण्डमा स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्रामकाे जग्गा निजी कम्पनीलाई लिजमा दिने काण्डमा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने बताउनुभयाे ।
समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको बताउनुभयाे ।
