काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेट जाँदा बस्ने बैठकका लागि विभिन्न ५ वटा सम्भावित कार्यसूची ताेकिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले 'विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९-८०' सभा समक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले 'राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०' पेस गर्नुहुनेछ ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले 'आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
