काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधपछि साेमबार बसेकाे प्रतिनिधि सभा १५ मिनेटका लागि स्थगित भएकाे हाे । बैठकमा एमाले लगायत अन्य प्रतिपक्षी सांसद्ले विवादित मन्त्रीकाे राजीनामा, मिटरब्याज पीडित र दूग्ध किसानकाे भुक्तानी लगायत विषयमा सरकारकाे जवाफ मागेका थिए ।
सरकारकाे तर्फबाट कुनै जवाफ नआएपछि एमाले सांसद्ले नाराबाजीसहित सदन अवरुद्ध गरे । सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउन आग्रह गरेपनि उनीहरुले विराेध राेकेनन् । त्यसपछि उहाँले १५ मिनेटका लागि बैठक स्थगित गरेकाे बताउनुभयाे ।
