काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी र सत्तापक्षका सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठककाे सुरुमै आगामी बैठक (फागुन १८) मा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे हाे । याेसँगै सदनकाे अवरोध हटेको छ ।
सभामुखले चालु अधिवेशन सुरु भएपछि आज चाैथाे पटक सरकारलाई रुलिङ गर्नुभएकाे हाे ।
