काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले एनसेल खरिद बिक्री काण्डकाे छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाको दाेस्राे बैठकमा बोल्दै सांसद् केसीले समितिले बुझाएको प्रतिवेदन सदनमा ल्याएर छलफल गर्नुपर्ने र यसबारे जनताले बताउनुभयाे । 'नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ, यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस्, त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ, यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ, संसदमा सामूहिक रुपमा छलफल गर्न जाेडदार माग गर्छु'- उहाँले भन्नुभयाे ।
सांसद् केसीले मिटरब्याज पीडित, लघुवित्त पीडित र दूग्ध किसानका माग पूरा गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
