काठमाडाैं । आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतमाथि फागुन २१ गतेदेखि प्रतिनिधि सभामा छलफल हुने भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाको दाेस्राे बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएकाे आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) फागुन २१ गतेदेखि छलफल हुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरले आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमामाथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गतेका दिनहरू तोकेकाे जानकारी गराउनुभयाे । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बधित संसदीय दलका पदाधिकारीहरुले आ-आफ्ना दलका बक्ता सदस्यहरुको नाम बैठक बस्नु एक घण्टाअघि नै संघीय संसद् सचिवालयमा टिपाउनुपर्ने उहाँले बताउनुभयाे ।
प्रतिनिधि सभाको अर्को बैठक फागनु १८ गते बिहान ११ बजे बस्नेछ ।
