काठमाडाैं । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले मिटरब्याज-लघवित्त पीडितहरुका माग तत्काल सम्बाेधन गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद् घिमिरेले मिटरब्याज पीडितका माग र समस्या तत्काल सम्बाेधन नभए थप दुर्घटना हुने खतरा देखिएकाे बताउनुभयाे ।
सरकारले माग नसुनेपछि उनीहरु संसद् भवनभित्रै छिरेर आन्दाेलन गर्न वाध्य भएका बताउँदै उहाँले उनीहरुलाई निशर्त रिहा गरेर माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'पीडितहरु संसद् भवन छिर्नु आफैंमा संवेदनशिल विषय थियाे,उनीहरुलाई पक्राउ गरेर अहिलेसम्म पनि छाेडिएकाे छैन, उनीहरुकाे अहिलेकाे पहिलाे माग निर्शन रिहा गर्नु हाे, मिटरब्याज पीडितका समस्या सरकारले समयमै सम्बाेधन नगरे भाेलि थप दुर्घटना हुन सक्छन्, त्यसकारण सरकारले याे विषय समयमै सम्बाेधन गराेस्'- सांसद् घिमिरेले भन्नुभयाे ।
