काठमाडाैं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले लक्ष्यअनुसार राजस्व नउठ्ने र विकास बजेट खर्च नहुने समस्याले देश आक्रान्त भएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शर्माले राजस्व संकलन नहुने र विकास बजेट खर्च हुन नसक्नुकाे कारण सदनलाई सत्यतथ्य जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'देशमा राजस्व संकलन नहुने र विकासका निम्ति छुट्याइएकाे विनियाेजित बजेट खर्च नहुने यी दुई ठूला गम्भीर समस्याबाट देश आक्रान्त छ, यस समस्या मुख्य चुराे कुरा के हाे ? के कारणले याे हुन सकेकाे छैन म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु, यसकाे सत्यतथ्य जनाकारी गराउन अनुराेध गर्दछु ।'
