काठमाडाैं । राष्ट्रिय सभा सदस्य भगवति न्याैपानेले आदिकवि भानुभक्तकाे जन्मभूमि तनहुँकाे चुँदि रम्घालाई साहित्यक पर्यटकिय स्थलकाे रुपमा विकास गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद् भानुभक्तकाे जन्मभूमिमा व्यवस्थित संरचना निर्माण गरेर आकर्षक सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाली साहित्य आकाशका चम्किला नक्षत्र, साहित्यिक मुर्धन्य व्यक्तित्व, भाषिक एकताका प्रतिक भानुभक्तकाे जन्म ठाउँलाई साहित्यिक पर्यटकिय स्थलकाे रुपमा विकास गरेर आन्तरिक र बाह्य धेरै पर्यटककाे आगमन हुने वातावरण बनाउन सकिन्थ्याे, तर त्यसतर्फ सरकारकाे ध्यान गएकाे छैन, जुन ठाउँमा भानुभक्तकाे जन्म भयाे त्याे ठाउँ आज ओझेलमा छ, त्यसकारण भानुभक्तकाे जन्मभूमिमा व्यवस्थित संरचना निर्माण गरेर आकर्षक पर्यटिकय केन्द्रकाे रुपमा विकास गर्न सरकारकाे ध्यानाकर्षण गराउँछु ।'
सांसद् न्याैपानेले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघकै मातहतमा राख्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'आदिकवि भानुभक्त आचार्य जस्ताे राष्ट्रिय विभूतिकाे नाममा रहेकाे भानु जन्मस्थल विकास समितिलाई स्थानीय तहकाे मातहतमा सञ्चालन गर्ने हालै सरकारकाे निर्णयलाई सच्याइ संघकै मातहतमा राख्न सरकारसँग माग गर्दछु'- उहाँले भन्नुभयाे ।
