काठमाडाैं । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य हरिराम चौधरीले देशकाे अर्थतन्त्र माथि उठाउने, युवा पलायन राेक्ने र निजी क्षेत्रलाई उत्साहित गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा बाेल्दै सांसद् चाैधरीले युवाहरु अध्ययनका लागि व्यापक रुपमा विदेश पलायन हुँदा अर्बाैं पैसा बाहिर गएकाे बताउनुभयाे । यसलाई राेक्नेगरी बजेट आउनुपर्ने उहाँले बताउनुभयाे ।
मुक्त कमैयाहरु फेरी कमैया बस्ने ठाउँमा पुगेका भन्दै उहाँले यसका लागि नयाँ व्यवस्था गर्नुपर्ने बताउनुभयाे । सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेकाे भन्दै उहाँले निजी क्षेत्रलाई प्राथमिकतामा नराखेसम्म खस्किदाे अर्थतन्त्र र युवा तथा व्यवसायीकाे पलायनलाई राेक्न नसकिने बताउनुभयाे । निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने र डण्टा मात्रै हान्न नहुने बताउनुभयाे ।
विकराज राजनीतिक परिस्थिति, आर्थिक संकट, बेराेजगारी समस्या व्यापक रुपमा बढ्दाे रहेकाे भन्दै उहाँले सुशासनलाई कसरी व्यवस्थित गर्ने अर्थतन्त्रकाे खस्किँदाे अवस्थालाई कसरी अगाडि बढाउने भन्ने कुरामा सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे ।
संघीय, प्रदेश र स्थानीय तहले कति बजेट ल्याउनुपर्ने भन्ने विषय व्यवस्थित गर्नुपर्ने बताउनुभयाे ।
