काठमाडाैं । नेपाली कांग्रेसका सांसद् प्रकाश पन्थले आगामी आर्थिक वर्षकाे बजेट सन्तुलित रुपमा आउनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटका सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा बाेल्दै सांसद् पन्थले यसपटकदेखि प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नाे क्षेत्रमा मात्र बजेट पारे भन्ने गुनासाे सुन्न नपराेस् भन्दै सरकारलाई सचेत गराउनुभयाे ।
'विगतका वर्षहरुमा जस्ताे यसपटकदेखि संसद्मा प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नाे क्षेत्रमा मात्र बजेट पारे भनेर भाषण हुने छैन, सबै ठाउँमा समावेशी र सन्तुलित हिसाबले विकास हुनेछ, प्रादेशिक सन्तुलन पनि हुनेछ, सामाजिक न्याय, लैंगिक समानता सबै हिसाबले बजेट सन्तुलित हुनेछ, प्रधानमन्त्री र मन्त्रीका वडा जिल्लामा गए भन्ने सुन्न नपराेस्'- उहाँले भन्नुभयाे ।
निजी क्षेत्रदेखि सबैतिर समस्यै समस्या रहेका भन्दै सांसद् पन्तले अर्थतन्त्र चलायमान हुनेगरी बजेट ल्याउन सुझाव दिनुभयाे । युवा परिचालन र राेजगारी अभिवृद्धि हुनेगरी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयाे ।
पैसा नभएर बजेट खर्च नभएकाे हुन सक्ने आशंका गर्दै सांसद् पन्थले सुशासन कायम गर्ने कुरामा ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशकाे अर्थतन्त्र गम्भीर
ह्विव लगाएर भएपनि सांसद्काे मत लिने तर सांसद्का सुझाव अभिमत च्यातेर फाल्ने, सत्तामा जान सांसद् चाहियाे मन्त्री भएपछि बेवास्ता जस्ता अभ्यास पहिलेदेखि नै चहिरहेकाे भन्दै उहाँले याे अभ्यास राेकिनुपर्ने बताउनुभयाे ।
समय छँदै प्रिबजेट छलफल सुरु भएकाे भन्दै सांसद् पन्थले केही सुधार हुने विश्वास व्यक्त गर्नुभयाे । सांसद्ले देश र जनताका लागि उठाएका कुरालाई सरकारकाे नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने उहाँले बताउनुभयाे । सांसद्काे सुझावलाई कार्यान्वयन गरे सरकारकै क्षमता बढ्ने सांसद् पन्थले बताउनुभयाे ।
सरकारले सन्तुलित रुपमा बजेट ल्याउनुपर्ने बताउनुभयाे । १६औं पञ्चवर्षीय याेजनाकाे आधारलाई समेट्दै दीगाे विकासकाे लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताउनुभयाे ।
जनताकाे अवस्था परिवर्तनकाे महशुस हुनेगरी, संविधान र माैलिक हककाे कार्यान्वयन गर्नेगरी, स्थानीय तह र अधिकारलाई बलियाे बनाउनेगरी, संघीयताकाे सबलीकरण गर्नेगरी बजेट आउनुपर्ने बताउनुभयाे । समृद्धिका लागि सामाजिक न्याय चाहिने उहाँले बताउनुभयाे । भ्रष्टाचारका लागि कडा कदम चाल्नुपर्ने बताउनुभयाे ।
