काठमाडौं । नेकपा एमालेका सांसद् ठाकुर गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद् गैरेले नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर छ, सुन्तला स्वास्थ्यका लागि लाभदायक र अत्यन्त मिठो फल हाे, भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ, नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ? म सरकारकाे ध्यानाकर्षण गर्न चाहान्छु सुन्तलाई नेपालकाे राष्ट्रिय फल घाेषणा गरी त्यस अनुसारकाे विकासकाे निम्ति बजेटसहितकाे प्रबन्ध गरियाेस् ।'
सांसद् गैरले नेपालमा सुन्तलाबाट अन्नबाली भन्दा सुन्तलाबाट ६-७ गुणा लाभ हुने गरेकाे समेत बताउनुभयाे ।
