काठमाडाैं । नेकपा माओवादीकी सांसद् नारायणी शर्माले चितवनमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शर्माले शालिनकाे बलात्कारपछि हत्या भएकाे भनेर अस्पतालकाे रिपाेर्ट आएकाे भन्दै दाेषीलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
निर्मलाकाे घटनालाई जस्तै यस घटनालाई पनि गुमनाम पार्न नदिन समेत सरकारसँग माग गर्नुभयाे । 'हालै चितवनमा एउटा हृदयविदारक घटना घट्याे १४ वर्षीया शालिन झुण्डिएकाे अवस्थामा भेटिइन्, ५ दिनपछि शिक्षण अस्पतालबाट बलात्कारपछि हत्या भएकाे रिपाेर्ट आयाे, कतै सालिनकाे निर्मलाकाे जस्तै केस गुमनाम हुने स्थिति नहाेस्, तुरुन्त छानबिन गरी दाेषीलाई कानुनकाे दायरामा ल्याइयाेस्'- उहाँले भन्नुभयाे ।
स्कुल र हाेस्टलमा अनुगमन गर्ने कुरालाई व्यवस्थित गर्न पनि सांसद् शर्माले सरकारसँग माग गर्नुभयाे ।
चितवनकाे रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन फागुन १२ हाेस्टेलमै मृत भेटिएकी थिइन् ।
