काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि विभिन्न कार्यसूची ताेकिएकाे छ । बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९-८० पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि छ।
