काठमाडौं । संघीय संसद्धका दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयीक विषयमा उठाएका प्रश्नको जवाफ दिनु हुने छ ।
यस्तै प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेश गर्ने कार्यसूची रहेको संसद्ध सचिवालयले जनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
यस्तै, राष्ट्रिय सभाको बैठक एक बजेर १७ मिनेटमा बस्ने तय भएको छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन २०८९/०८० सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
