काठमाडौं । आज बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
आज बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणबस फागुन २४ गतेसम्मका लागि स्थगित भएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
'प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ'- संसद् सचिवाललयले निकालेकाे सूचनामा
पछिल्लो राजनीतिक घटनाक्रमका कारण बैठक स्थगित भएकाे बताइएकाे छ ।
