काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सांसद् शपथ दिएका छन् ।
संघीय संसद् भवनको लहोत्से हलमा साेमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले १९ जना सांसद्लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
कृष्णप्रसाद सिटौला, रुक्मणि कोइराला, आनन्दप्रसाद ढुंगाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्दले शपथ लिनुभएकाे हाे । राष्ट्रिय सभा रिक्त हुने २० मध्ये १९ जना माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित हुनुभएकाे थियाे ।
२०७४ फागुनदेखि २०८० फागुनसम्म कार्यकाल कायम भएका २० सांसद् आइतबार बिदा भएका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसद्लाई बिदाइ गरिएको थियो ।
