काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकाेटाले नयाँ मन्त्रिमण्डलले जनतालाई आशावादी बनाउनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् सापकाेटाले भन्नुभयाे - 'आम जनताले निराशा बाेकेका छन्, नयाँ मन्त्रिमण्डले जनतालाई आशावादी बनाउँदै अनुभूत गर्नेगरी काम गराेस् शुभकामना ।'
उहाँले बन्द रहेका ९ वटा रुघ्न उद्याेग तत्काल सञ्चालन गर्न अर्थमन्त्री वर्षमान पुनकाे ध्यानाकर्षण समेत गराउनुभयाे ।
