काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले हराएकाे प्रधानमन्त्री भेटेकाे भन्दै सत्ता गठबन्धनप्रति कटाक्ष गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् खतिवडाले भन्नुभयाे - 'हराएकाे प्रधानमन्त्रीलाई भेट्नुभएकाे सबैलाई बधाई दिन चाहान्छु, सरकारलाई जनताले पनि भेटाेस्, सहकारी पीडितले न्याय पाउन् सहकारी ठगले कारबाही पाउन्, मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् ।'
नयाँ गठबन्धनमा उपप्रधानमन्त्रीकाे लस्कर लागेकाे भन्दै उहाँले कटाक्ष गर्नुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएकाेप्रति लक्षित गर्दै सांसद् खतिवडाले भन्नुभयाे - 'काँध फेर्नुभयाे, प्रधानमन्त्रीजीले खुट्टा फेरिरहनुहाेस् यसमा पनि शुभकामना ।'
एमालेले केही दिन अघि सदनमा छाेरीकाे नगरपालिका भनेकाेतर्फ लक्षित गर्दै उहाँले भन्नुभयाे - 'अब छाेरी नगरपालिका भन्थे अब बा नगरपालिका पनि घाेषणा हाेस् ।'
