काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुर्नगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लगायत विषयमा सांसद्हरुले जवाफ मागेकाे स्मरण गर्नुभयाे । 'सांसद्हरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि संक्षिप्तमा आफ्नो धारणा राख्न उपस्थित भएकाे छु, राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्, उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै एक हदसम्म सम्बाेधित भइसकेका छन्'- उहाँले भन्नुभयाे ।
संसद्प्रति सरकार जवाफदेही भएन भन्ने सांसद्हरुकाे आराेप न्यायसंगत नभएकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । प्रधानमन्त्री प्रश्नाेत्तरमा पनि आफूले हरेक सांसद्का प्रश्नकाे जवाफ दिने गरेकाे समेत उहाँले बताउनुभयाे ।
