काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई खाेज्ने दिन नआओस् भन्दै चेतावनी दिनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै अध्यक्ष लिङ्देनले राप्रपाले सत्ताकेन्द्रित चलखेलमा लाग्दैनाैं भन्दा राप्रपाल नलिइएकाे भनेजसरी भ्रम फैलाइएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
'अहिले नयाँ समीकरण बनेको छ, कतिपय साथीहरूलाई भ्रम भयो, राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ मात्र लगाइएन कतिपय साथीहरूले हामीले राप्रपालाई नलिने भयौँ भनेर उत्साहका साथ भन्नुभयो - हामीले राप्रपालाई नलिने भएका छाैं, राप्रपाले त्याे विषयलाई नाेटिसमा राखेको छ, राप्रपा याे सत्ताकेन्द्रित चलखेलमा छैन भनेर स्पष्टसँग भनिसकेपछि त्याे विषय आयाे, तपाइँको गठबन्धनले पर्सी नै राप्रपालाई खोज्ने दिन नआओस्'- उहाँले भन्नुभयाे ।
एकपछि अर्काे गठबन्धन बन्नुमा अहिलेकाे व्यवस्था दाेषी रहेकाे भन्दै अध्यक्ष लिङ्देनले यस्ताे त्रुटिकाे व्यवस्थामा बसेर देश र जनताको अवस्था सुधार हुन नसक्ने दाबी गर्नुभयाे । आजसम्म भएका गल्तीबाट छुटकाराका लागि याे व्यवस्था अन्त्य हुनुपर्ने बताउनुभयाे ।
मिटरब्या पीडित, लघुवित्त पीडित, दूग्ध किसान, सहकारी पीडित लगायतका विषयमा सांसद्ले उठाएका प्रश्नमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे जवाफ पूर्ण नभएकाे भन्दै अध्यक्ष लिङ्देनले त्यसकाे ठाेस जवाफ चाहिने बताउनुभयाे ।
देशलाई अगाडि बढाउन नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने अवस्था रहेकाे भन्दै उहाँले सबैलाई उहाँले आग्रह गर्नुभयाे ।
