काठमाडाैं । जनता समाजवादी पार्टी जसपाका सांसद् प्रकाश अधिकारीले देशमा देखिएका समस्या र चुनाैतीलाई सम्बाेधन गर्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् अधिकारीले देशकाे समस्या र चुनाैतीलाई सम्बाेधन गर्ने कुरा ठूलाे समस्याका रुपमा रहेकाे बताउनुभयाे । गठबन्धन फेरिनु ठूलाे कुरा नभएकाे भन्दै उहाँले देशकाे अर्थतन्त्र, सामाजिक न्याय, जनजीवनमा देखिएका चुनाैतीलाई सबै दल एकजुट भएर समाधान गर्नुपर्ने बताउनुभयाे
गठबन्धन फेरिनुमा संवैधानिक व्यवस्थाकाे प्रभाव रहेकाे सांसद् अधिकारीले बताउनुभयाे । अहिले हरेक क्षेत्रमा समस्या नै समस्या रहेका उहाँले बताउनुभयाे ।
मिटरब्याज पीडितकाे समस्या समाधानका लागि दीर्घकालीन समाधान खाेज्नुपर्ने बताउनुभयाे । तराई पानीकाे समस्या रहेकाे भन्दै उहाँले यसका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।
राजनीतिक समस्या राजनीतिक रुपले नै समाधान हुनुपर्ने भन्दै सांसद् अधिकारीले राजनीतिक स्थिरता कायम गर्नका लागि संविधान संशाेधन गर्नुपर्ने बताउनुभयाे । संविधान संशाेधन गरेर भएपनि राजनीतिक स्थिरता र स्थायित्व कायम गर्नतर्फ सबै लाग्नुपर्ने उहाँले बताउनुभयाे । जसपा संविधानमा रहेका केही विषयमा संशाेधनकाे पक्षमा रहेकाे सांसद् अधिकारीले बताउनुभयाे ।
