काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् सुरेश आले मगरले नयाँ सत्ता समीकरणलाई स्वभाविक रुपमा लिन नेपाली कांग्रेसलाई सुझाव दिनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् आलेमगरले निरन्तर चलिरहने राजनीतिक यात्रामा गठबन्धन भत्कनु र बन्नु स्वभाविक र सामान्य प्रक्रिया भएका बताउनुभयाे ।
गन्तव्य लक्ष्य मिले यात्रा जारी रहने नमिले बीचमै छाेड्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयाे । 'यसलाई स्वभाविक र सामान्य प्रक्रियाका रुपमा लिनुपर्छ, यहाँ इमान, बेइमान र धाेकाका कुरा पनि पनि सुनियाे, आफूसँग हुँदा इमान नहुँदा बेइमान त्यस्ताे भन्न मिल्दैन, राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ'- सांसद् आलेमगरले भन्नुभयाे ।
