काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतक भगवति न्यौपानेले आईडिया बैंक स्थापना गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा आर्थिक वर्षको विनियोजन विधेयक २०८१-८२ को सिद्धान्त र प्राथमिकतामाथिकाे छलफलमा भाग लिँदै उहाँले तत्काल एउटा आईडिया बैंक स्थापना गरेर विज्ञहरुकाे आईडिया लिएर विकास र समृद्धिमा प्रयाेग गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
पूर्वाधारकाे विकास कसरी गर्न सकिन्छ, शिक्षालाई कसरी गुणस्तर बनाउन सकिन्छ, स्वास्थ्यमा कसरी विकास गर्न सकिन्छ भन्नेमा सरकारले ढिला गर्न नहुने प्रमुख सचेतक न्याैपानेले बताउनुभयाे । 'मैले एउटा सुझाव राखेकाे थिएँ केही वर्षअघि एउटा आईडिया बैंककाे स्थापना गराैं, त्यसमा विज्ञहरुका सुझाव र आईडियाहरु संकलन गराैं, त्यसकारण म जाेड लिएर भन्न चाहान्छु एउटा आईडिया बैंक स्थापना गराैं'- प्रमुख उहाँले भन्नुभयाे ।
देशकाे अर्थतन्त्र मन्दीकाे अवस्थामा रहेकाे भन्दै उहाँले याे अवस्था सुधारका लागि ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशकाे अर्थतन्त्रलाई मजबुद बनाउने उपायतर्फ सरकारले ध्यान दिनुपर्ने प्रमुख सचेतक न्याैपानेले बताउनुभयाे । देशकाे अर्थतन्त्रलाई समृद्ध बनाउन समस्या पहिचान गरेर समाधान गर्नुपर्ने उहाँले बताउनुभयाे ।
जमिनकाे व्यवस्थापन धेरै महत्वपूर्ण विषय भएकाे भन्दै उहाँले नेपालमा सही ढंगले जमिनकाे व्यवस्थापन हुन नसकेकाे प्रमुख सचेतक न्याैपानेले बताउनुभयाे । जमिनकाे अव्यवस्थित अवस्थालाई सरकारले हटाउनुपर्ने उहाँले बताउनुभयाे । प्रमुख सचेतक न्याैपानेले भन्नुभयाे - 'भद्रगाेल तरिकाले जमिनकाे व्यवस्थापन भएकाे छ, जसले जसरी पनि प्रयाेग गर्न पाउने, जसले जहाँ घर बनाउन पनि पाउने, जसले जहाँ घडेरी किन्न पनि पाउने यस्ताे खालकाे अव्यवस्थित ढंगले जमिनकाे व्यवस्थापन हुँदा समृद्धि सम्भव छैन, त्यसैले अबकाे बहस हामीले जमिनलाई सही ढंगले कसरी व्यवस्थापन गर्ने भन्नेमा हुनुपर्छ ।'
अपार्टमेन्टमा बस्नेहरुलाई सहुलियतपुर्ण ऋणको व्यवस्था गर्नुपर्ने प्रमुख सचेतक न्याैपानेले बताउनुभयाे ।
प्रारंगरिक मलकाे कारखाना खाेल्ने कुरालाई प्राथमिकता दिन उहाँले सरकारलाई सुझाव दिनुभयाे । उत्पादन बढाउन सरकारले सिंचाइ सुविधाकाे विषयमा ध्यान दिनुपर्ने भन्दै उहाँले नेपालमा रहेका नदीहरुकाे प्रयाेग गरेर सिंचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।
नेपालका विद्यार्थीहरु गुणस्तरीय विश्वविद्यालय खाेज्दै विदेश जानुपर्ने अवस्थाकाे अन्त्य गर्नुपर्ने प्रमुख सचेतक न्याैपानेले बताउनुभयाे । नेपालको विश्वविद्यालयमा नै गुणस्तरीय र रोजगार मुलक शिक्षा दिनेबारेमा विद्यार्थीलाई विश्वस्त तुल्याउनुपर्ने र रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयाे ।
कृषिकाे आधुनिकीकरणमा सरकारले ध्यान दिनुपर्ने भन्दै प्रमुख सचेतक न्याैपानेले जमिनकाे उहाँले बताउनुभयाे ।
