काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको लागि आज निर्वाचन हुँदै छ ।
राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि आज निर्वाचन हुन लागेको हो ।
आज बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष चयनका लागि मतदान हुँदै छ । अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रिय सभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् । सङ्ख्याको हिसाबले दाहाल अध्यक्ष बन्ने निश्चित छ ।
