काठमाडौं । राष्ट्रिय सभाका मनोनित सांसद् वामदेव गौतमले राष्ट्रिय सभा अध्यक्षको चुनावमा सत्ता गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहालकाे पक्षमा मतदान गर्नुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा भएको अध्यक्षको चुनावमा सांसद् गाैतमले सत्ता गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका सांसद् दाहालकाे पक्षमा मतदान गर्नुभएकाे हाे । दाहाललाई मत दिएसँगै गाैतम नयाँ गठबन्धनकाे पक्षमा खुल्नुभएकाे छ ।
गाैतम तत्कालीन नेकपा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद् हुनुहुन्छ ।
