काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
विषयगत समितिमा रहने सदस्यकाे नाम हेरफेर तथा मनाेनयन गर्ने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ । विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने सम्भावित कार्यसूची पनि छ ।
आगामी आर्थिक वर्ष २०८१-०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने पनि संसद् सचिवालयले जनाएकाे छ ।
