काठमाडौं । प्रतिनिधि सभा सदस्य सुशीला थिङले सहकारी ठगीमा जोडिएका मानिसलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई गृह मन्त्री बनाएर स्वार्थ बाझिने काम गरेको बताउनुभयो । ‘प्रधानमन्त्रीले उथलपुथल ल्याउँछु भन्नु हुन्थ्यो, उथलपुथल नै ल्याउनु भएछ’, उहाँले भन्नुभयो ।
उहाँले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी काण्डमा जोडिएको बताउनुभयो । यी सबै घटनाको छानबिन नहुँदासम्म सदनको कारबाही आगामी दिनमा सहज रूपमा चल्न भन्ने नसोच्न उहाँले आग्रह गर्नुभयो ।
