काठमाडौं । प्रतिनिधि सभा बैठक सुरू भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ । फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे । त्यसकारण प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
विश्वासकाे मत माग्ने प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण निर्माण गर्नु आफ्नाे वाध्यता भएकाे बताउनुभयाे । उथलपुथल भन्ने भनाइ कसैप्रति इंगित नभएकाे भन्दै उहाँले राजनीतिक परिवेशप्रति लक्षित रहेकाे बताउनुभयाे । तेस्राे पटक विश्वासकाे मत लिने अवस्था आउनु नै उथलपुथल भएकाे समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
