काठमाडाैं । महेन्द्र राय यादवले अहिलेकाे यसअघिकाे गठबन्धन अप्राकृतिक गठबन्धन भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बाेल्दै सांसद् यादवले अप्राकृतिक गठबन्धन टुटेर नयाँ गठबन्धन बन्नु राम्राे कुरा भएकाे बताउनुभयाे ।
कांग्रेसले सरकारमा बसेर सरकारकै आलाेचना गर्ने र प्रधानमन्त्रीलाई अहयाेग गर्ने काम गरेकै कारण नयाँ समीकरण बनेकाे उहाँले बताउनुभयाे ।कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएकाे भन्दै सांसद् यादवले उसँगकाे गठबन्धन समयमै टुटेर राम्राे भएकाे बताउनुभयाे ।
अहिलेकाे गठबन्धन वैचारिक र सैद्धान्तिक हरेक हिसाबले उचित भएकाे उहाँले बताउनुभयाे । 'विगतकाे गठबन्धन अप्राकृतिक थियाे, अहिलेकाे गठबन्धन वैचारिक, देशकाे अग्रगमनका लागि, जनताका मुद्दाकाे सम्बाेधन गर्नका लागि यसकाे औचित्य छ आवश्यकता छ'- सांसद् यादवले भन्नुभयाे ।
यसअघिकाे गठबन्धनमा कांग्रेससँग गाेत्र नमिलेकाे भन्दै उहाँले अहिलेकाे गठबन्धनकाे गाेत्र मिलेकाे समेत बताउनुभयाे । अहिलेकाे गठबन्धन प्राकृतिक गाेत्र भएकाे गठबन्धन भन्दै सांसद् यादवले याे गठबन्धन देशकाे राष्ट्रिय हित, राष्ट्रिय एकता, सुशासन, विकास र समृद्धि, संघीयता, लाेकतन्त्र, गणतन्त्र, मधेशकाे मुद्दा, जनजिविकाका सवालमा मुलुकका लागि हितकर भएकाे बताउनुभयाे ।
अहिलेकाे गठबन्धन लामाे समयसम्म जाने विश्वास व्यक्त गर्दै उहाँले देशका सबै समस्या समाधान गर्दै याे सरकार अघि बढ्नुपर्ने बताउनुभयाे ।
कांग्रेसकै कारण गठबन्धनमा धाेका भएकाे सांसद् यादवले काेशी घटना र कांग्रेस महासमिति बैठकबाट साे धाेका छताछुल्ल भएकाे बताउनुभयाे ।
सामाजिक सद्भाव बिथाेल्ने काम कांग्रेस महासमिति बैठकमा समेत देखिएकाे सांसद् यादवले बताउनुभयाे । कांग्रेससँग धेरै समय बसेकाे भए माओवादी सकिने समेत उहाँले बताउनुभयाे ।
सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर शान्ति पक्रियाका बाँकी काम तत्काल टुंग्याउनुपर्ने सांसद् यादवले बताउनुभयाे ।
