काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बाेल्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयाे ।
सरकार गठनमा साना पार्टीहरुकाे भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले उनीहरुलाई बेवास्ता गर्न नहुने बताउनुभयाे । अध्यक्ष श्रेष्ठले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयाे ।
पुर्नगठित सरकारले साना तथा नयाँ दलले उठाएका मुद्दा सम्बाेधन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे । साना दल सत्ताकाे सहारा मात्र नभएर जनताका भराेसा समेत भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
