काठमाडाैं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको चुनाव चैत ४ गते हुने भएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकले समिति सभापतिकाे चुनावकाे मिति तोकेकाे हाे ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको चुनावका लागि चैत ४ गतेको दिन तोकेको बैठकलाई जानकारी गराउनुभयाे ।
