काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आजपनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा राख्नुभएकाे विराेधकाे सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा मन्त्री जाेशीले नै निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा निनयमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल हुने पनि संसद् सचिवालयले जनाएकाे छ ।
