काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिव नेपालीले शून्य समयमा उठाइएका विषयहरु कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् नेपालीले शून्य समयमा आफूहरुले कैयाैं विषय उठाएकाे भन्दै ती कार्यान्वयन गर्न माग गर्नुभयाे ।
मिटरब्याज पीडित र आरती साहकाे परिवारसँग भएकाे सहमति छिटाे कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयाे । बेराेजगार, मूल्यवृद्धि, युवा पलायन, दलितकाे मुद्दा लगायत कैयाैं मुद्दा उठाइएकाे बताउँदै सांसद् नेपालीले भन्नुभयाे - 'शून्य समय शून्य हाेइन सुनिने बनाेस् ।'
विश्वासकाे मत जनताका लागि विश्वासकाे मतमा परिणत हुनुपर्ने उहाँले बताउनुभयाे ।
