काठमाडाैं । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले साे विधेयक पेस गर्नुभएकाे हाे ।
त्यसअघि नेमकिपाका सांसद् प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा राख्नुभएकाे विराेधकाे सूचना बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे ।
