काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक चाँडै टुंगाेमा पुर्याउनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् माेदीले सबै मिलेर सहमतिका आधारमा टीआरसीसँग सम्बन्धित विधेयक टुंग्याउनुपर्ने बताउनुभयाे । सर्वाेच्च अदालतले एक महिनाभित्र आयाेग गठन गर्न आदेश दिएकाे उहाँले बताउनुभयाे ।
सत्ता समीकरण फेरिएपनि जनता र राष्ट्रका मुख्य मुद्दाको प्रगतिशील रुपमा सम्बोधन गराउनु सबैको दायित्य भएको सांसद् माेदीले बताउनुभयाे । समीकरण फेरिँदैमा साझा एजेण्डाहरु ओझेल पार्न नहुने भन्दै उहाँले सरकार परिवर्तनकाे कुरा निकालेर महत्वपूर्ण विषय ओझेल पार्न खाेजिएकाे बताउनुभयाे ।
संघीयतासँग सम्बन्धित कानुन पनि तत्काल टुंगाे लगाउनुपर्ने पनि सांसद् माेदीले बताउनुभयाे ।
