काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने पनि संसद् सचिवालयले जनाएकाे छ ।
