काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् असिम साहले नेपाली खेलकूद क्षेत्रका पूर्वाधार नबनेकाे विषयमा प्रश्न उठाउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् साहले विदेश गएका खेलाडी बाहेक एन्फा पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएकाेमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई धन्यवाद दिनुभयाे ।
उहाँले दशरथ रंगशालामा हुने तय भएकाे बहराइन विरुद्धकाे खेल हुन नसक्नुकाे पछाडिकाे कमजाेरी के रह्याे भन्ने प्रश्न पनि मन्त्री श्रेष्ठलाई गर्नुभयाे गर्नुभयाे । 'दशरथ रंगशालामा हुने तय भएकाे बहराइन विरुद्धकाे खेल हुन नसक्नुकाे पछाडिकाे कमजाेरी के रह्याे, टियुकाे क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरु विदेश पलायन हुँदै गइरहेकाेमा उनीहरुलाई राेक्ने फर्काउने तयारी के हुँदैछ ?'- सांसद् साहकाे प्रश्न छ ।
संसारमा इ-स्पाेर्ट्स फड्काे मारिसकेकाे भन्दै उहाँले नेपालले पनि ई-स्पाेर्टस्लाई अगाडि बढाउन ढिला गर्न नहुने भन्दै खेलकुद मन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
रास्वपाकाे आसन परिणत भएपनि भाषण परिवर्तन नहुने भन्दै सांसद् साहले जनताका पक्षमा आफूहरुले निरन्तर आवाज उठाइरहने बताउनुभयाे ।
