काठमाडाैं । सत्ता गठबन्धनकाे प्रमुख घटक नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले राेल्पामा रहेका सुनखानी उत्खनन्काे प्रक्रिया तत्काल थाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् घर्तीले राेल्पाकाे सुनछहरे गामखाेला, फगामखाेला रहेका सुनखानीलाई तत्काल सरकारले उत्खनन्काे प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'राेल्पामा सुन छ २ वटा सनुखानी दर्ता भएका छन्, पहिले पनि राेल्पालीले त्यहीँकाे सुन चालेर प्रयाेग गर्ने, तर सरकारले त्यसकाे उत्खनन् नगर्दा ती खानीहरु अलपत्र जस्तै छन्, त्यसैले सुनछहरे गामखाेला, फगामखाेला रहेका सुनखानीलाई तत्काल सरकारले उत्खनन्काे प्रक्रिया अगाडि बढाओस्, र बाहिरबाट अवैध रुपमा भित्रिरहेकाे आयात राेकियाेस् ।'
सुनछहराे झरना निक्कै मनमाेहक भएकाे भन्दै सांसद् घर्तीले त्यसलाई पर्यटकीय गन्तव्य बनाउनतर्फ ध्यान दिन पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
