काठमाडाैं । नेकपा एमालेका सांसद् सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि क्यालेण्डर बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् किराँतीले दिनहुँ दुर्घटना बढिरहेकाले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताउनुभयो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन रणनीति बनाउनुपर्ने भन्दै उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयाे । त्यसका लागि क्यालेण्डर बनाएर काम गर्न सकिने सांसद् किराँतीले बताउनुभयाे ।
