काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठककाे शून्य र विशेष समयकाे कार्यक्रम सकिएलगत्तै कांग्रेसले बैठक अवरुद्ध गरेकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेलाई 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत अनुमति दिनुभयाे ।
त्यसपछि कांग्रेस सांसद् उठेर विराेध जनाए । सभामुख घिमिरेले कांग्रेस सांसद् राजन केसीलाई बाेल्न समय दिनुभयाे । सांसद् केसीले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई उपप्रधान तथा गृहमन्त्री किन बनाइयाे भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ४ दिनदेखि जवाफ मागिरहेकाे तर प्रधानमन्त्रीबाट जवाफ नआएकाे बताउनुभयाे । यसबारे प्रधानमन्त्रीकाे जवाफ नदिएसम्म बैठक अघि बढ्न नसक्ने उहाँले बताउनुभयाे ।
सभामुख देवराज घिमिरेले पटक-पटक आग्रह गर्दा पनि कांग्रेस सांसद्ले उठेर विराेध गरिरहेका छन् ।
