काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएकाे साे प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यसअघि विधेयककाे सैद्धान्तिक पक्षमा छलफल भएकाे थियाे । विधेयकमाथि सांसद्ले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री पुनले जवाफ दिनुभएकाे थियाे ।
०८० फागुन ४ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले साे विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुभएकाे थियाे ।
