काठमाडाैं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् ।
राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा साेनाम ग्याल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै एकल उम्मेदवारी परेकाले निर्विराेध निर्वाचित हुने पक्का भएकाे हाे ।
शेर्पाको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी तथा समर्थकमा इन्दिरा देवी गौतम र दुर्गा गुरुङ हुनुहुन्छ ।
पन्तको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहनुभएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो । एकल उम्मेदवारी परेकाले आइतबार दुवै समितिकाे बैठकले शेर्पा र पन्तलाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उहाले बताउनुभयो ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको चुनाव भाेलि चैत ४ गतेका लागि तोकिएको छ ।
