काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकले अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । शाेक प्रस्ताव पारित गरेर बैठक स्थगित भएकाे छ ।
सभामुख देवराज घिमिले प्रस्तुत गर्नुभएकाे शाेक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेकाे थियाे । बैठकमा सांसद् अन्सारीकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै १ मिनेट माैन धारण समेत गरिएकाे थियाे ।
जनता समाजवादी पार्टी (जसपा) काे तर्फबाट समानुपातिक सांसद् रहेकी अन्सारीको उपचारका क्रममा आइतबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियाे ।
प्रतिनिधि सभाकाे अर्काे बैठक भाेलि चैत ५ गते बिहान ११ बजे बस्नेछ ।
