काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
आइतबार बसेकाे बैठक जसपाकी सांसद् मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो ।
