काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् बिनिता कठायतले चलचित्र विधेयक सदनमा पेस गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् कठायतले साे विधेयक तत्काल सदनमा पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग माग गर्नुभयाे ।
माैलिक संस्कृति बुझाउन चलचित्र निक्कै महत्वपूर्ण रहेकाे उहाँले बताउनुभयाे । नेपालकाे आशालाग्दाे र सम्भावना बाेकेकाे पर्यटन क्षेत्रकाे प्रबर्द्धन गर्न नेपालकाे मनमाेहक दृश्य छायांकन गरिएकाे चलचित्र विश्वमाझ पुर्याउन राज्यले दरिलाे नीति लिनुपर्ने सांसद् कठायतले बताउनुभयाे ।
